पौष १०, काठमाण्डौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारको बहुमत कायमै रहेको बताएका छन् । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले भने, ‘प्रधानमन्त्रीसँग बहुमत कायम नै छ ।’‘ सत्ता साझेदार दल हटेको हो, बहुमत गुमेको होइन,’ प्रधानमन्त्रीसँग बहुमत रहेकोले संसद्मा विश्वासको मत लिइरहन नपर्ने बताए ।
‘प्रधानमन्त्रीले भएपछि अरू दल सत्ता साझेदारीमा सामेल भएका हुन् । विश्वासको मत लिँदा सरकार ढल्ने आधार पनि छैन । बहुमत गुमेको होइन । गुमेको भएको भए नैतिक दवाब सिर्जना गथ्र्यो । संवैधानिक हिसाबले पनि दबाब सिर्जना गथ्र्यो । समर्थन गर्ने दल निस्कियो । प्रधानमन्त्रीसँग भएको बहुमत कायम नै छ,’ उनले भने । संविधानले विश्वासको मत लिनैपर्ने भनेको रहेछ भने लिँदा कुनै फरक नपर्ने पनि उनले जनाए ।