पौष ११, काठमाण्डौँ । गृहमन्त्री रामबहादुर थापा (बादल) सँग नेपालका लागि साउदी अरेबियाका राजदूत मुसेद सलिमान एम अल मरवानले शिष्टाचार भेट गरेका छन् । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–साउदी अरेबिया द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।
भेटमा गृहमन्त्री थापाले नेपाल र साउदी अरेबियाबीच जनस्तरमा सम्बन्ध रहेको चर्चा गर्दै राजदूत मरवानेको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरे । उनले साउदी अरेबियामा ठुलो संख्यामा रोजगारीका लागि नेपालीहरु पुगेको तथा त्यहाँ कतिपय नेपालीहरु समस्यामा समेत पर्ने गरेको भन्दै उनीहरुको समस्या समाधानमा विशेष ध्यान दिन राजदूतसँग आग्रह गरेका छन् ।