पौष १७, काठमाण्डौँ । नेकपाको केन्द्रीय समिति बैठक सार्ने तयारी भएको छ । स्थायी समिति सदस्य देवेन्द्र पौडेलका अनुसार बैठकका लागि आवश्यक तयारी नपुगेकाले बैठक सार्न लागिएको हो । बैठक कहिले बस्ने भन्ने मिति भने तय नभएको उनले बताए । अन्तिम पटक पुस ६ गते बसेको बैठकले २३ गते पुन : बस्ने मिति तय गरेको थियो ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेको प्रतिवेदनमा माघको पहिलो हप्ताभित्र केन्द्रीय समितिको बैठक आयोजना गर्ने उल्लेख थियो । तर, बैठकमा बोल्ने कतिपय नेताहरूले यथाशक्य छिटो बैठक बोलाउन माग गरेपछि पुस २३ गते बस्ने तय भएको थियो ।
फोटो : फाईल