‘देउवा एउटा गुटको मात्र सभापति हुन खोजे’ : डाक्टर शेखर कोइराला

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ पौष १७, बिहिबार (४ साल अघि)
  • ७ पटक पढिएको
Post Thumbnail

पौष १७, काठमाण्डौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता डाक्टर शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग संसद्को बहुमतले गरेको निर्णयको विरोध गर्ने नैतिकता नभएको बताएका छन् । संस्थापनइतर पक्षले केन्द्रीय समितिको बहुमतले गरेको निर्णय फिर्ता नभएसम्म पार्टीको कुनै पनि औपचारिक बैठकमा सामेल नहुने घोषणा गरेको सन्दर्भमा संस्थापन पक्षले बहुमतका आधारमा गरेको निर्णय मान्य नहुने भन्दै शेखर लगायतका संस्थापन इतर पक्ष चिढिएको हो ।

पुस ११ गते सभापति देउवाले बहुमतका आधारमा विभागका संख्या बढाउने, विधानको क्रियाशील सदस्यता सम्बन्धी धारा निलम्बन गर्ने, तरुण दलको म्याद थप्ने र २०७७ सालको फागुनमा महाधिवेशन गर्ने निर्णय गरिसकेका छन् । उनले देउवा एउटा गुटको मात्र सभापति हुन खोजेको आरोप लगाए । डाक्टर कोइरालाले महाधिवेशन कांग्रेसको उत्सवजस्तै भएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस