पौष १७, काठमाण्डौँ । नेपाली कांग्रेसमा संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको छुट्टाछुट्टै बैठक जारी छ । सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा सदस्यको उम्मेद्वार छान्न बिहीबार दिउँसो पार्टी कार्यालय सानेपामा केन्द्रीय समितिको बैठक बोलाए पनि पौडेल पक्षले महामन्त्री सशांक कोइरालको निवासमा भेला भएर छुट्टै बैठक गरेको हो ।
देउवाले २ बजे बैठक बोलाए पनि दिउँसो सवा ४ बजेसम्म पौडेल पक्ष नआएपछि केहीबेर अघि केन्द्रीय कार्यसमितिको बैठक सुरु गरेका छन् । उता संस्थापन पक्ष एकलौटी रुपमा अघि बढेको भन्दै पौडेल पक्षले महाराजगञ्जमा बैठक गरिरहेको छ ।