माघ ५, काठमाण्डौ । अष्ट्रेलियामा जारी आगलागीको धुँवाले छिटै पृथ्वीभर चक्कर लगाएर पुनः त्यहीँ फर्किने नासाले जनाएको छ । केही महिनादेखि नै सो धुँवा देशबाट पूर्वतर्फ हुँदै प्यासिफिकतिर फैलिरहेको थियो ।
नासाका अनुसार नयाँ वर्षको दिनमै यो धुँवा दक्षिण अमेरिका पुगिसकेको थियो जसबेला सो क्षेत्रको आकाश धमिलो भएको थियो र जनवरी ८ सम्ममा यसले आधा पृथ्वीको चक्कर लगाइसकेको नासाको भनाइ छ । बीबीसी ।