नेपालको जलविद्युत् क्षेत्रमा कायापलट : अरुण तेस्रोमा नेपाल र भारतका ६ बैंकले १ खर्ब लगानी गर्दै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ माघ २०, सोमबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ २०, काठमाण्डौ । लामो समयदेखि रोकिएको अरुण तेस्रो जलविद्युत् परियोजना ९०० मेगावाटको वित्तीय स्रोत व्यवस्थापन फाइनान्सियल क्लोजर बिहीवार हुने भएको छ । बिहीवार काठमाडौंमा नेपाल र भारतका गरेर आधा दर्जन बैंकसँग ऋण लगानी सम्झौता गर्ने तयारी कम्पनीको छ ।

भारत सरकारको लगानीमा निर्माणाधीन यस परियोजनाको प्रवर्द्धक एसजेवीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीे छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० अरुण धिमानले बिहीवार हुने फाइनान्सियल क्लोजरको तयारी अन्तिम चरणमा पुगेको बताए ।

‘परियोजनाका लागि आवश्यक लगानीको टुंगो लागिसकेको छ । बिहीवार औपचारिक समारोहबीच सम्बद्ध बैंकहरूसँग ऋण लगानी सम्झौता गर्छौं,’ उनले बताए । धिमानका अनुसार अरुण तेस्रोमा नेपाल र भारतका ६ बैंकले रू १ खर्ब १ अर्ब ६० करोड भारू ६३ अर्ब ५० करोड बराबरको ऋण लगानी गर्दै छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले लेखेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस