माघ २८, काठमाण्डौ । दिल्ली विधानसभा चुनावको मतगणना सुरु भएको छ । सुरुवाती परिणाममा आम आदमी पार्टी (आप) स्पष्ट बहुमततर्फ अग्रसर बनेको देखिएको छ ।
यद्यपि, उसलाई १० भन्दा बढी सिटमा घाटा भएको देखिएको छ । पछिल्लो विधानसभा चुनावमा उसले ६७ सिटमा जित हासिल गरेको थियो । आपले गुमाएको सिट भारतीय जनता पार्टी (भाजपा) ले जित्ने सङ्केत देखिएको छ । बिहान साढे ९ बजेसम्मको मतपरिणाम अनुसार आप ५३, भाजपा, १६ र कँग्रेसले १ सिटमा अग्रता बनाएको छ ।
गत फेब्रुअरी ८ मा दिल्ली विधानसभाको ७० सिटका लागि निर्वाचन भएको थियो । यसपटक ६२।५९ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । दिल्लीमा अहिले पनि आप कै सरकार छ ।