फाल्गुण ४, काठमाण्डौ । स्पेनिस ला लिगामा साविक विजेता बार्सिलोनाले तेस्रो स्थानको गेटाफेमाथि दुई–शून्य को जित निकाल्दै शीर्ष स्थानको रियल मड्रिडसँगको दुरी कम गरेको छ ।
घरेलु मैदान नाउ क्याम्पमा झण्डै ९० हजार समर्थकमाझ बार्सिलोनाले पहिलो हाफमै दुई–शून्यको अग्रता लिएको थियो । ३३औँ मिनेटमा लियोनल मेस्सीको पासमा एन्टोइन ग्रिजम्यानले बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
त्यस्तै भिल्लारियलले लेभान्टेलाई दुई–एकले हराउँदा ग्रानाडाले पनि भाल्लाडोलिडलाई दुई–एकले हराएको छ ।