फाल्गुण ६, काठमाण्डौ । ईङ्लिस प्रिमियर लिग फुटबलमा खराब लयबाट गुज्रिएको म्यान्चेष्टर युनाईटेडले पुनरागमन जीत निकालेको छ । युनाइटेडले सम्पन्न खेलमा चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा २–० गोल अन्तरको जीत निकालेको हो ।
शीर्ष चारको दौडमा महत्वपूर्ण मानिएको खेलमा युनाईटेडले चेल्सीलाई हराउँन सफल भएको छ । युनाईटेडले चौथो स्थानको चेल्सीसंगको दुरी तीन अंकमा झारेको छ भने जीतसँगै ३८ अंक सहित सातौ स्थानमा छ ।