फागुन ६,काठमाडौँ । काठमाडौँमा जारी माच्छापुछे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिता अन्तर्गत प्रतियोगिताको अन्तिम दिन अर्थात भोली मिति बुधबार सेमिफाईनल तथा फाईनल चरणका खेलहरु हुदैँछन् । पहिलो सेमिफाईनलमा भारतीय दुताबास र एनसेल “ए”तथा दोस्रो सेमिफाईनलमा कामना सेवा बिकास बैंक र सिभल बैेंक आमने–सामने हुदैछन् ।
क्वाटर फाइृनल अन्र्तगत आज भएको पहिलो खेलमा एनसेल–ए ले सेन्चुरी बैंकलाई ९ रन तथा दोस्रो खेलमा कामना सेवा बिकास बैंकले एन आआइसी एसिया बैंकलाई ३७ रनले हराउदै सेमिफाईनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन् । त्यस्तै तेस्रो खेलमा सिभिल बैंकले मेगा बैंकलाई ४ विकेटले तथा चौथो खेलमा भारतीय दुताबासले प्राईम कर्मसियल बैंकलाई ३ विकेटले हराउदैँ सेमिफाईनल प्रबेश गरेका हुन् ।
अव भोली हुने सेमिफाईनलका बिजेताले एक–आपसमा फाईनल खेल खेल्नेछन् । आगामीे शनिबार देखि काठमाण्डौँको कीर्तिपूर स्थित त्रिभुवन अन्र्तराष्ट्रिय क्रिकेट रंगशालामा विभिन्न २३ कर्पोरेट टिम समेटेर संचालन भईरहेको (Machhapuchchhre Bank Corporate Super Sixes 2020, Season-6) को बिजेता घोषणा एंव समापन समारोह पनि भोली नै हुनेछ ।