दिल्ली हिंसा : क‌ंग्रेस प्रमुख सोनियाद्वारा गृहमन्त्री अमित शाहको राजीनामा माग

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन १४, बुधबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फाल्गुण १४, काठमाण्डौ । कँग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले भारतका गृहमन्त्री अमित शाहको राजीनामा मागेकी छिन् । दिल्लीमा भएको हिंसामा जिम्मेवार भएको आरोप लगाउँदै राजीनामा दिन माग गरेकी हुन् ।

बुधबार बोल्दै गान्धीले दिल्लीको हिंसामा सरकार जिम्मेवार भएकाले केन्द्रीय गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएकी हुन् । तर, सोनियाले अमित शाहको नाम भने लिइनन् । सरकारले घृणा फैलाएको गान्धीको आरोप थियो ।

दिल्लीमा तीन दिनयताको हिंसामा २० जनाको ज्यान जानुका साथै २५० भन्दा बढी घाइते भएपछि पत्रकार सम्मेलनमा गान्धीले भारतीय गृहमन्त्री शाहको राजीनामा मागेकी हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस