फाल्गुण १७, काठमाण्डौ । दिल्ली हिंसामा ज्यान गुमाउनेको सङ्ख्या शुक्रबार ४२ पुगेको छ । भारतमा तीन दशकयताकै सबैभन्दा खराब हिंसा भएको हो । एमएस रन्धावा, पीआरओ दिल्ली प्रहरीले दिएको जानकारी अनुसार उत्तर पूर्वी दिल्लीमा भएको हिंसामा अहिलेसम्म १ सय २३ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।
झण्डै ६ सय ३० जनालाई गिरफ्तार गरिएको छ भने २५ जनाविरुद्ध हतियारसम्बन्धी मुद्दा दर्ता गरिएको छ ।