तालिवन अमेरिकासँग शान्ति सम्झौतामा हस्ताक्षर गर्न सहमत, आज हस्ताक्षर हुँदै, नेपालद्धारा स्वागत

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन १७, शनिबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

फाल्गुण १७, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्तिको अवसरलाई सदुपयोग गर्न अफगानिस्तानलाई आग्रह गरेका छन् । अमेरिकाले तालिवानी लडाकूहरुसँग सम्झौताको तयारी गरेसँगै राष्ट्रपति ट्रम्पको यस्तो धारणा आएको हो ।

सम्झौतासँगै सुरक्षाको प्रत्याभूति गरेर अमेरिकाले अफगानिस्तानमा रहेको अमेरिकी सैनिक फोर्स फिर्ता लिनसक्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । पटक पटकको छलफल पनि तालिवन अमेरिकासँग शान्ति सम्झौतामा हस्ताक्षर गर्न सहमत भएको बताइएको छ । तालिवानीसँग भोली शनिबार हुने भनिएको हस्तक्षर कार्यक्रममा विदेशसचिव माइक पोम्पेओले सहभागिता जनाउने बताइएको छ । सम्झौताले १८ वर्षदेखि जारी हिंसा अन्त्य हुने अपेक्षा गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस