नेकपा विघटन होस् भन्ने सपना देखेको भए इच्छा पुरा हुदैन : माधब नेपाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन २०, मंगलबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

फाल्गुण २०, धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता प्रक्रियामा भएको ढिलाइ र कमीकमजोरीप्रति आत्मआलोचना गर्दै सच्चिएर अघि बढ्नुपर्ने बताएका छन् । नेकपा सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलामा सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले पार्टीका विद्यमान कमिटीलाई मिलाएर वैज्ञानिक आधारमा एकता प्रक्रियामा गएको भए एकता प्रक्रियामा समस्या नआउने बताए । उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनचाहनाअनुसार तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्र एक भएको उल्लेख गर्दै जनताले दिएको अभिभारा पूरा गर्न पार्टी प्रतिबद्ध रहेको बताए । वर्तमान अवस्थामा देशभित्र र बाहिरका शक्तिले सरकारमाथि चुनौती खडा गरिरहेका उनले उल्लेख गरे ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेताहरुको दृढ इच्छाशक्तिले दुई पार्टीबीचको एकता सम्भव भएकाले भेलामा पार्टीको आलोचना नभई नीति विचारमा बहस चलाउनुपर्ने बताए । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टीको मर्म र भावनाअनुसार नेता कार्यकर्ता अघि बढ्नुपर्नेमा जोड दिए । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारले गरेका काम जनता समक्ष पुर्‍याउने काममा सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस