फाल्गुण २१, काठमाण्डौ । युवराज खतिवडा फेरि पनि अर्थमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले युवराज खतिवडालाई फेरि पनि अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रिय सभा सदस्य रहेका खतिवडाको कार्यकाल मंगलबार सकिएपछि उनले अर्थ मन्त्रीको पदबाट राजीनामा दिएका थिए ।
आज भने प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले खतिवडालाई अर्थ र सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको जिम्मेवारी दिएकी हुन् । उनले बुधबारै दिउँसो ४ बजे पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ । संघीय सांसद नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था छ ।