नारायणकाजीको संसद् यात्रा, दौरासुरुवालमा सपथ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन २१, बुधबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

फाल्गुण २१, काठमाण्डौ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको संसद् यात्रा बुधबारबाट सुरु भएको छ । एक महिनाअघि राष्ट्रिय सभा सदस्य निर्वाचित भएपछि श्रेष्ठले आज सांसदको सपथग्रहण गरेका हुन् । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले श्रेष्ठलाई सांसदको लोगो लगाइदिएका थिए । सांसदको लोगो लगाएपछि दौरा सुरुवाल कोट र कालो टोपी लगाएका श्रेष्ठ निकै मुस्कुराएका थए ।

गोरखा २ बाट प्रतिनिधिसभा निर्वाचनमा बाबुराम भट्टराईसँग पराजित भएका उनी दुई वर्षपछि सांसद बनेरै छाडेका छन् । नेकपा एकता केन्द्रलाई माओवादीमा एकता गरी पार्टीको तेस्रो वरीयताका नेता श्रेष्ठ पछिल्लो समय नेकपाका प्रवक्ता छन् । आफ्नो कुरा निर्धक्कका साथ राख्ने श्रेष्ठ पछिल्लो समय प्रधानमन्त्री केपी ओली नजिक भएका छन् । तर, प्रचण्डलाई छाडिहालेका भने छैनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस