‘कोरोना’बाट बच्न राष्ट्रपति भण्डारीको आग्रह, उनको ट्वीटमा के छ ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र १, शनिबार (५ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

चैत्र १, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘कोरोनाभाइरस’को संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउन आह्वान गरेकी छन् । शनिबार ट्वीटमार्फत् उनले विश्वव्यापी महामारीको रूपमा फैलिएको ‘कोभिड–१९’ को संक्रमणबाट बच्न आवश्यक उपायहरू अवलम्बन गर्न आग्रह गरेकी हुन् । राष्ट्रपति भण्डारीले सो रोगविरुद्धको विश्वव्यापी अभियानमा सबैलाई एकजुट हुन आह्वानसमेत गरेकी छन् ।

‘विश्वव्यापी महामारीको रूपमा फैलिएको नोबल कोरोनाभाइरस कोभिड–१९ को संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउँदै आवश्यक उपायहरू अवलम्बन गरौं , यस रोगविरुद्धको विश्वव्यापी अभियानमा हामी सबै एकजुट होऔं ’–उनको ट्वीटमा लेखिएको छ ।

Bidhya Devi Bhandari@PresidentofNP

विश्वव्यापी महामारीको रूपमा फैलिएको नोवल कोरोनाभाइरस (कोभिड–१९)को सङ्क्रमणबाट बच्न उच्च सतर्कता अपनाउँदै आवश्यक उपायहरू अवलम्बन गरौं ! यस रोग विरुद्धको विश्वव्यापी अभियानमा हामी सबै एकजुट होऔं !

ताजा अपडेट

खोजी गर्नुहोस