महालक्ष्मी विकास बैंकको सहयोगमा प्रहरी महाशाखा टेकुमा एलइडी सूचना बोर्ड जडान

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र २, आईतबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

चैत्र २,काठमाडौँ । महालक्ष्मी विकास बैंक लि. ले महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा पि फो एल इ डि सूचना बोर्ड जडान गरेको छ । उक्त सुचना बोर्ड आइतबार एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक सहकुल ब. थापा लाई हस्तान्तरण गरे ।

महानगरीय प्रहरी अपराध महाशाखा टेकु हुँदै आवतजावत गर्ने सर्वसाधारणहरुलाई विभिन्न प्रहरी सूचना तथा प्रहरी गतिविधि सम्प्रेषण गरी आपराधिक क्रियाकलाप न्युनीकरणमा मद्दत गर्ने उद्देश्य सहित बैंकले उक्त उपकरण जडान गरेको हो ।

देशका १०२ वटा शाखाहरुबाट बैंकिंग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले आगामी दिनहरुमा संगठनसँग समन्वय गरी अपराध नियन्त्रणसँग सम्बन्धीत विभिन्न कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस