लक्ष्यको आधा राजस्व सङ्कलन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र ३, सोमबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

चैत्र ३, काठमाण्डौ । सरकारले चालू आर्थिक वर्षको सात महिनामा करिब आधा राजस्व सङ्कलन गरेको छ । चालू आवमा ११ खर्ब १२ अर्ब रुपियाँ राजस्व सङ्कलनको लक्ष्य रहेकोमा माघसम्म पाँच खर्ब ४६ अर्ब ७१ करोड रुपियाँ सङ्कलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । सङ्कलित राजस्व लक्ष्यको ४९।१३ प्रतिशत हो ।

कार्यालयका अनुसार १० खर्ब नौ अर्ब कर राजस्व सङ्कलनको लक्ष्य रहेकोमा माघसम्म चार खर्ब ९७ अर्ब ५४ करोड रुपियाँ सङ्कलन भएको छ । त्यस्तै गैरकरतर्फ एक खर्ब दुई अर्ब ८७ करोड रुपियाँ लक्ष्य रहेकोमा समीक्षा अवधिसम्म ४९ अर्ब १७ करोड रुपियाँ सङ्कलन भएको छ । त्यस्तै ५७ अर्ब ९९ करोड रुपियाँ अनुदान स्रोत सङ्कलन गर्ने लक्ष्य रहेकोमा हालसम्म सरकारले १० अर्ब ४९ करोड रुपियाँ मात्र अनुदानका रूपमा लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस