सुनको मूल्यमा फेरी बृद्धि, तोलाको कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र ५, बुधबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

चैत्र ५, काठमाडौं । सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले बुधबार छापावाला सुनको मूल्य ७६ हजार ५ सय तोकेको छ । मंगलबार छापावाला सुन प्रतितोला ७५ हजार ५ सयमा कारोबार भएको थियो ।

तेजावी सुनको मूल्य पनि तोलामा १ हजारले वृद्धि भएर ७६ हजार २ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य तोलामा २ हजारले घटेको थियो । सुनको मूल्यमा वृद्धि हुँदा बुधबार चाँदीको मूल्य भने स्थीर रहेको छ । मंगलबार प्रतितोला ८० रुपैयाँले घटेर ७१० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस