अर्थतन्त्रको विषयमा बहस गर्न ‘पुर्व अर्थमन्त्री विचार मञ्च’ गठन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र ७, शुक्रबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

चैत्र ७,काठमाडौँ । मुलुकको आर्थिक विकास र अर्थतन्त्रसंग प्रत्यक्ष जोडिएका सरोकारवालाहरुसंग नियमित बहस चलाई आर्थिक विकासमा सार्थक योगदान पुर्याउने उदेश्यले पुर्व अर्थमन्त्री विचार मञ्च गठन भएको छ । शुक्रबार राजधानीमा अयोजित एक कार्यक्रममा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे,डा.रामशरण महत, डा.प्रकाशचन्द्र लोहनी,बर्षमान पुन र ज्ञानेन्द्र बहादुर कार्कीको भेलाले पुर्व अर्थमन्त्री विचार मञ्च गठन गरेको हो ।

विचार मञ्च गठनका लागि नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणा र बर्तमान पदाधिकारीको सहयोग रहेको थियो । मञ्चले पाँचबुँदे निर्णयसमेत गरेको छ ।

मञ्चले मञ्चका माध्यमबाट अर्थतन्त्र तथा विकासका समग्र पक्षसंग जोडिएका विषयमा सरोकारवालासंग नियमित छलफल चलाई त्यसको समाधानको लागि सार्थक पहल गर्ने , कोभिड–१९ बाट उत्पन्न हने स्वास्थ्य एव.आर्थिक पक्षका जोखिमहरुलाई न्युन गर्न सरकारले स्वास्थ्यको क्षेत्रमा जनचेतनामुलक, नियन्त्रणात्मक एव.उपचारात्मक कार्यक्रमलाई जनता समेतलाई साथमा लिई अझै प्रभावकारी ढंगबाट सञ्चालन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने , राहात प्याकेज तत्काल ल्याउन सरकारलाई अनुरोध गर्ने लगायतका निर्णय गरेको छ ।

भेलामा पुर्व अर्थमन्त्री डा. बाबुराम भट्टराई, विष्णु पौडेल र महेश आचार्य भने उपस्थिती थिएनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस