एनआईसी एसियाको डिजिटल बैंकिङ सेवा निःशुल्क लिन सकिने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र ९, आईतबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

चैत्र ९, काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले इन्टरनेट तथा मोबाइल बैंकिङ लगायतका विद्युतीय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । कोरोना भाइरस कोभिड–१९ महामारीको जोखिम न्यूनीकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्‍याउने उद्देश्यले उक्त सेवाहरु निःशुल्क गरेको बैंकले जनाएको छ । विश्वभरि नै तीव्र रुपमा फैलिरहेको यस भाइरसको जोखिम कम गर्न अहिले विभिन्न देशहरुले युद्धस्तरमा अनेक सावधानीका उपायहरु अपनाएका छन् । विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोना भाइरसको संक्रमणको दृष्टिकोणले जोखिमपूर्ण राष्ट्रको रुपमा सूचिकृत गर्दै सतर्क रहन निर्देशन दिएको छ ।

कोरोना भाइरस एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्ने हुनाले भिडभाडमा नजान तथा सबैलाई सजग रहन सरकारले सुझाव दिएको छ । यस्तै, देशवासीहरुलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सरकारले अनुरोध गरिरहेको छ । बैंकले ग्राहकको स्वास्थ्य तथा सुविधालाई मध्यनजर गर्दै आफ्ना ग्राहक महानुभावहरुलाई घरमै बसेर अनलाइन खाता खोल्न मिल्ने सुविधा प्रदान गर्नुको साथै, इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायका विद्युतीय माध्यमबाट गरिने निम्नलिखित भुक्तानीका सेवाहरू अर्को सूचना जारी नगरेसम्मको लागि निःशुल्क गरेको बैंकको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस