चैत्र १०, काठमाण्डौ । खाडी क्षेत्रका विभिन्न मुलुकका रोजगारदाताले नेपाली कामदारलाई फिर्ता लैजान दबाब दिन थालेका छन् । संसारभर फैलिएको कोरोना भाइरसका कारण धमाधम कम्पनी बन्द हुन थालेपछि युएईको आबुधाबी र दुबई तथा बहराइनका सेवा क्षेत्रका रोजगार दाताले नेपाली म्यानपावर व्यवसायीलाई कामदार फिर्ता लैजान दबाब दिएको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ ।
यी देशका विभिन्न आठवटा कम्पनीले कामदार फिर्ता लैजान नेपाली म्यानपावर व्यवसायीलाई पत्राचार गरिसकेका खबर आजको नयाँ पत्रिका दैनिकमा मुना कुँवरले लेखेकी छन् । ती कम्पनीमा ३३६ नेपाली कामदार कार्यरत छन् । वैदेशिक रोजगार विभागका अनुसार विश्वका विभिन्न मुलुकमा ४२ लाख नेपाली कामदार छन् ।