सरकारको लोकप्रिय निर्णय : एक महिनाको घरभाडा मिनाहा ,एक महिनाको स्कुल फी छुट !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र १७, सोमबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

चैत्र १७, काठमाण्डौ । सरकारले एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीहरुलाई आग्रह गरेको छ । आफ्नो आग्रहअनुसार असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको घरभाडा मिनाहा गरे एक महिनाको घरबाहल कर छुट दिइने निर्णय सरकारको छ । यसैक्रममा सरकारले निजी शैक्षिक संस्थाहरुलाई एक महिनाको शुल्क छुट दिन निर्देशन दिएको छ ।

मन्त्रिपरिषद्ले आइतबार घोषणा गरेको राहत प्याकेजमा माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको आवासबाहेक अरु शुल्क छुट दिनुपर्ने निर्णय गरेको हो । कोरोना भाइरस कोभिड–१९ बाट प्रभावितहरुलाई राहत प्याकेज सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा। युवराज खतिवडाले यस्तो बताएका हुन् । यो निर्णय आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको हो । माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको शुल्कमा आवास बाहेक अरु छुट दिनुपर्नेछ ।

हेर्नुहोस् हिजोका निर्णयहरु  :
१. निजि विद्यालयको १ महिनाको शुल्क छुट
२. घरभाडा छुट
३. दैनिक ज्यालादारी गर्ने मजदुरलाई राहत
४. विदेश अध्यनरत विद्यार्थीलाई पैसा पठाउन सकिने
५. मदिरा आयातमा रोक
६. सुनको आयतमा कटौती
७. महङ्गो गाडी आयतमा रोक
८. लकडाउन जारी र थप
९. विद्युत महसुल र खाद्यान्नमा छुट
१०. स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको २५ लाखको बिमा
११. इन्टरनेट शुल्क २५ ५ कम
१२. कर बुझाउने समय बैशाखसम्म थप
१३. अन्तरास्ट्रिय उडान बैशाख ३ सम्म बन्द
१४. स्वास्थ्य सामाग्री आयातमा भन्सार छुट
१५. श्रमिकलाई चैतको तलब रोजगारदाताले दिनुपर्ने
१६. मरिच, सुपारी, केराउ, छगडा आयातमा रोक
१७. २२ अर्ब बढी वैदेशिक ऋण लिने

ताजा अपडेट

खोजी गर्नुहोस