‘अर्थमन्त्री सिंहदरबार र बालुवाटारबाहेक अन्त कतै जानुभएको छैन’ :प्रेस संयोजक पौडेल

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ बैशाख ३, बुधबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

बैशाख ३,काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडा मुटु र डाइबिटिज (मधुमेह) को बिरामी भएकाले स्वास्थ्यप्रति सजग रहेको उनका प्रेस संयोजक यमन पौडेलले स्पष्टीकरण दिएका छन् । लकडाउनपछि मन्त्री खतिवडा सिंहदरबार र बालुवाटारबाहेक अन्त कतै नगएको र सामाजिक दूरीमा रहेको पौडेलले बताए ।

लकडाउनपछि मन्त्री खतिवडा कुनै पनि पारिवारिक जमघटमा सहभागी नभएको पौडेलको स्पष्टीकरण छ । कोराना संक्रमितहरु फेला परेको सन सिटी अपार्टमेन्टमा अर्थमन्त्रीका छोरा, बुहारी र नातिनी बस्ने गरेका थिए । यसवीचमा मन्त्री खतिवडाको पारिवारिक भेटघाट भएको थियो कि थिएन भनेर प्रश्न उठेपछि मन्त्री खतिवडाका प्रेस संयोजक पौडेलले यसबारे स्पष्टीकरण दिएका हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस