इन्धनको आयात आठ अर्ब पाँच करोड रुपैयाँले घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ बैशाख ३, बुधबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

बैशाख ३,काठमाडौँ । नेपालमा पेट्रोलियम पदार्थको आयात घट्दै गएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको अवस्था हेर्दा डिजल र एलपीजी ग्यासको आयातमा कमी आएको छ ।

पेट्रोलको आयात भने केही बढेको छ । तर समग्रमा भने पेट्रोलियम पदार्थको आयात आठ अर्ब पाँच करोड रुपैयाँले घटेको छ । चैतदेखि लकडाउन भएका कारण यसको आयात झनै धेरै घट्ने अनुमान रहेको छ । डिजलको आयात झण्डै सात अर्ब रुपैयाँले घटेको छ । गएको आर्थिक वर्षको आठ महिनामा ७३ अर्ब ८३ करोड रुपैयाँको डिजल आयात भएकोमा यो आर्थिक वर्षको आठ महिनामा ६७ अर्ब तीन करोड रुपैयाँको मात्रै आयात भएको छ । यो ६ अर्ब ८० करोड रुपैयाँले कमी हो ।

यस्तै खाना पकाउने एलपीजी ग्यासको आयात पनि घटेको छ । गएको आर्थिक वर्षको पहिलो आठ महिनामा २३ अर्ब ९३ करोड रुपैयाँको ग्यास आएकोमा यो अर्थिक वर्षको आठ महिनामा २१ अर्ब ६४ करोड रुपैयाँको मात्रै आयात भएको छ । यो दुई अर्ब २९ करोड रुपैयाँले कमी हो । तर पेट्रोलको आयात भने पोहोरेको तुलनामा एक अर्ब चार करोड रुपैयाँले बढेको छ ।

पोहोर २२ अर्ब ९४ करोड रुपैयाँको पेट्रोल आएकोमा यो आर्थिक वर्षको पछिल्लो आठ महिनामा २४ अर्ब १८ करोडको आयात भएको छ । समग्रमा हेर्दा पोहोरको तुलनामा यो आर्थिक वर्षको पहिलो आठ महिनामा पेट्रोलियम पदार्थको आयातमा आठ अर्ब पाँच करोड रुपैयाँले कमी आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस