विद्युत् महसुल छुटमा अन्योल

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ बैशाख ७, आईतबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

वैशाख ७, काठमाण्डौ । बन्दाबन्दी घोषणापछि न्यून वर्गका जनतालाई राहत दिने उद्देश्यसहित सरकारले घोषणा गरेको विद्युत् महसुल छुटसम्बन्धी निर्णय कार्यान्वयनमा ढिलाइ हुँदा उपभोक्ता अन्योलमा छन् । निर्णय कार्यान्वयनमा तदारुकता देखाइएको भए अहिले करिब ३८ लाख ग्राहकले विद्युत् महसुलमा राहत पाइसकेका हुन्थे ।

गत चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले १५० युनिटसम्म खपत गर्ने ग्राहकलाई विद्युत् महसुलमा २५ प्रतिशत छुट र भुक्तानी ढिलाइ भए पनि जरिवाना नलाग्ने निर्णय गरेको थियो । यही अनुरूप छुट अपेक्षा गरेका ग्राहकले चैतको बिलमा त्यस्तो छुट देख्न पाएनन् । काठमाडौँ स्युचाटार निवासी विनिता गौतमले भने छुट भन्ने सुनेका थियौँ आज अनलाइनमार्पmत भुक्तानी गर्दा बिलमा त्यस्तो छुट उल्लेख छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस