वैशाख ७, काठमाडौं । लकडाउनलाई दृष्टिगत गर्दै प्रभु बैंकले आज आइतबार ३३ शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो । कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।