वैशाख ७, काठमाण्डौ । सरकारले चालु आर्थिक वर्षको बसन्त ऋतुमा हिमाल आरोहणबाट संकलन हुने करोडौँ रुपैयाँ राजश्व गुमाएको छ । बसन्त ऋतुको आरोहण सुरु हुने समयमा नै कोरोना भाइरस ९कोभिड–१९० को विश्वव्यापी प्रभाव देखा परेपछि हिमाल आरोहण हुन पाएन । कोरोना भाइरसको बढ्दो महामारीका कारण विभिन्न देशमा संक्रमित र मृतको संख्या बढिरहेको छ । अवस्था प्रतिकुल भएका कारण बसन्त ऋतुसँगै अगामी ६ महिनाभित्र हुन सक्ने सबै पर्वतीय गतिविधि रोकिएको नेपाल पर्वतारोहण संघ ९एनएमए०को भनाई छ ।
१४ करोड राजश्व गुम्यो
एनएमएका अध्यक्ष शान्तवीर लामाका अनुसार नेपालले पर्वतारोहणमार्फत हरेक वर्ष करिब १५ करोडको हाराहारीमा राजश्व संकलन गर्दै आएको थियो । प्राकिृतिक स्रोत साधनको उपयोग गरेर आर्जन गरेवापत यो राजश्व केन्द्र, प्रदेश र स्थानीय तहमा रोयल्टीका रुपमा बाँडफाँड हुने नियम छ ।
सगरमाथाका लागि ८ समूहले अनुमति लिएका थिए
बसन्त ऋतुको आरोहण अवधिका लागि सगरमाथा आरोहण गर्नकै लागि ८ ग्रुपले अनुमति लिएका छन् । तर कोरोना भाइरसका कारण उनीहरु आरोहणमा जान सक्ने अवस्था छैन । ८ मध्ये पर्यटन विभागगबाट ४ र नेपाल पर्वतारोहण संघ एनएमएबाट ४ समूहले आरोहण अनुमतिका लागि आवेदन दिएका थिए । विभाग र एनएमएबाट अनुमति माग गरेकाहरुलाई दुवै निकायले अनुमति दिने अन्तिम तयारी गरिसकेका थिए । सगरमाथा बाहेकका ल्होत्से, नुप्से, आमादब्लम र अन्य साना हिमाल आरोहणका लागि पनि केही समूहले अनुमतिको प्रक्रिया सुरु गरेका थिए ।