९ महिनामा ९ खर्ब ८२ अर्ब आयात, ७८ अर्ब निर्यात, ९ खर्ब ब्यापार घाटा !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ बैशाख ७, आईतबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

वैशाख ७, काठमाण्डौ । चालू आर्थिक वर्षको नौ महिनामा देशले ९ खर्ब ब्यापार घाटा ब्यहोरोको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७६र०७७ को फागुन सम्म ३ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा बेहोरेको भन्सार विभागले जनाएको छ ।

१० खर्ब ६१ अर्ब ३५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएकोमा ९ खर्ब ८२ अर्बको त आयात नै भएको छ । तर देशले बाहिरी देशमा १ खर्बको पनि सामान निर्यात गर्न सकेको छैन । चालू आर्थिक वर्षको ९ महिनामा जम्मा ७८ अर्ब ८१ करोड रुपैयाँ बराबरको निर्यात भएको भन्सार विभागले जनाएको छ । १ खर्ब ६१ अर्बको पेट्रोलियम पदार्थ आयात भएको छ भने ५९ अर्ब ३९ लाखको सावारी साधन आयात भएको छ । आयातित अर्थतन्त्र भएको देश नेपालमा राजस्व भन्सारमुखी छ । यसकारण आयात कम हुँदा देशले ठुलो परिणामको राजस्व गुमाउनुपर्छ । भन्सार विभागका अनुसार चैतसम्म २ खर्ब ४४ अर्ब राजस्व उठेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस