८ महिनामा ५ खर्ब ९२ अर्ब रेमिट्यान्स भित्रियो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ बैशाख ८, सोमबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

बैशाख ८,काठमाडौँ । रेमिट्यान्सको वृद्धिदर घटेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ८ महिना अर्थात फागुन सम्मको रिपोर्ट सार्वजनिक गर्दै रेमिट्यान्स वृद्धिदर घटेको जानकारी दिएको हो ।

फागुनसम्मको तथ्यांकमा रेमिट्यान्स १.८ प्रतिशतले वृद्धि भई ५ खर्ब ९२ अर्ब ४२ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो ।

यद्यपि, यस अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या भने बढेको राष्ट्र बैंकले बताएको छ । फागुनसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २४.२ प्रतिशतले बढेको राष्ट्र बैंकले बताएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६.६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या २.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.६ प्रतिशतले बढेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस