लकडाउनमा धावनमार्ग विस्तार धमाधम

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७७ बैशाख १०, बुधबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

वैशाख १०, काठमाडौँ । लकडाउनका कारण ठूला आयोजनाको निर्माण प्रभावित बने पनि निर्माणकै क्रममा रहेका दुई अन्तर्राष्ट्रिय विमानस्थल र एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तारको काम भने जारी छ । उडान बन्द भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तार र पार्किङ निर्माण तीव्र गतिमा भइरहेको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा ‘फिनिसिङ’को काम भने रोकिएको छैन । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक निर्माणको काम करिब सकिएको छ, उपकरण आयात रोकिँदा जडानको काम भने प्रभावित छ ।
लकडाउनकै समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमतर्फ पार्किङवे निर्माणको काम जारी छ । यही समयमा नै सम्पन्न गर्नेगरी निर्माण तीव्र बनाइएको उक्त पार्किङ स्थल निर्माण सम्पन्नपछि ए ३३० मोडलका दुई ठूला जहाज पार्किङ गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । त्यस्तै रनवे इन्ड सेफ्टी एरिया रेसा अर्थात् धावनमार्गको अन्त्यमा थप तीन सय मिटर विस्तार गर्ने काम पनि भइरहेको र करिब एक हप्तामै यसको काम पनि पूरा हुने उनले बताए । जहाज रनवे छाडेर बाहिर जानसक्ने जोखिमपूर्ण अवस्थालाई कम गर्न यसले सहयोग पुग्ने उनले जानकारी दिए । तोकिएको समयभन्दा छिट्टै सम्पन्न हुने भनिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेसम्म ६० प्रतिशत भौतिक प्रगति भइसकेको प्राधिकरणअन्तर्गतको राष्ट्रिय गौरव आयोजनाका निर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस