कञ्‍चनपुरका कोरोना संक्रमितको रिपोर्ट ‘नेगेटिभ’

Post Thumbnail

वैशाख १०, डडेल्धुरा । सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित एक पुरुषको एउटा रिपोर्ट ‘नेगेटिभ’ आएको छ। कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुषको तेस्रो रिपोर्ट ‘नेगेटिभ’ आएको हो । सेती प्रादेशिक अस्पतालका अनुसार उनको यसअघि गरिएको पहिलो र दोस्रो रिपोर्टमा कोरोना ‘पोजेटिभ’ देखाएको थियो । अर्को परीक्षणमा पनि उनको रिपोर्ट ‘नेगेटिभ’ देखाए अस्पतालबाठ डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।

यसअघि कैलालीको लम्कीचुहाका २१ वर्षीय युवक र धनगढी उप महानगरपालिका ५ का ३४ वर्षीय संक्रमित युवक निको भएर घर फर्किसकेका छन् । उनीहरू दुबै जनाको पछिल्ला दुई रिपोर्ट ‘नेगेटिभ’ आएपछि अस्पतालले डिस्चार्ज गरेको हो । धनगढी उपमहानगरपालिका ५ का युवक ३० दिन अस्पताल बसेपछि कोरोनालाई जितेर मंगलबार घर फर्किएका हुन् भने लम्कीचुहा नगरपालिका ९ प्रतापपुरका २१ वर्षीय युवक १६ दिन अस्पताल बसेपछि कोरोनालाई जितेर आइतबार अपराह्न घर फर्किएका थिए। अहिले कञ्चनपुरका ४१ वर्षीय पुरुषसँगै धनगढी उप महानगरपालिका ५ की ३४ वर्षीय महिला र लम्कीचुहा नगरपालिका १ की ६५ वर्षीय महिलाको पनि सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । अस्पतालका अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस