माछापुुच्छ्रे बैंकका सर्जु कुमार थापा र विश्वम्भर न्यौपाने नायव महाप्रबन्धकमा बढुवा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ बैशाख १५, सोमबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

वैशाख १५, काठमाण्डौ । माछापुुच्छ्रे बैंक लि. का सहायक महाप्रबन्धकमा कार्यरत सर्जु कुमार थापा र विश्वम्भर न्यौपाने नायव महाप्रबन्धकपदमा बढुवा भएका छन् । बैंकिङ्ग क्षेत्रमा लामो अनुभव बटुलिसकेका थापा र न्यौपानेलाई क्रमशः बैंकको समग्र बिजनेस र अपरेसन हेर्ने गरी जिम्मेवारी दिइएको हो ।

बैंकिङ्ग क्षेत्रमा २० बर्षको अनुभवभएका सर्जु कुमार थापाले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् सन् २००० बाट बैंकिङ्ग करियर सुरु गरेका थापासंग बैंक अफ काठमाण्डौँ तथा सानिमा बैंकमा काम गरेको अनुभव छ । उनीकर्जा व्यवस्थापन, ट्रेड फाइनान्स, जोखिम व्यवस्थापन लगायतका विषयमा पोख्त बैंकरमा पर्छन् । विगत ६ वर्षदेखि माछापुुच्छ्रे बैंकमा आवद्ध थापालाई बैंकिंग क्षेत्रमा बैंकिङ्ग बिजनेसका साथ हाइड्रोपावर फाइनान्सिङको विज्ञ मानिन्छ ।

त्यस्तै, त्रिभुवन विश्वविद्यालयबाट बीएस्सी र काठमाण्डौ विश्वविद्यालयबाट एमबीए गरेका विश्वम्भर न्यौपानेसंग बैंकिङ्ग क्षेत्रमा २२ बर्षको अनुभव रहेको छ । जोखिम व्यवस्थापनमा अब्बल न्यौपानेले समग्र बैंकिंग सञ्चालनमा राम्रो दख्खल राखेका छन् । साथै, सेल्स र मार्केटिङ्गमा समेत लामो अनुभव भएका न्यौपाने सन् २००४ देखि माछापुुच्छ्रे बैंकमाकार्यरत छन् । उनीसंग एभरेष्ट बैंक तथा एन.आइ.सि. बैंकमा विभिन्न भुमिकामा कार्य गरेका अनुभव रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस