कोरोना सङ्क्रमण देखिएपछि जोखिम क्षेत्र सिलबन्दी

Post Thumbnail

वैशाख १८, बारा । दुई जनामा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण देखिएपछि सम्भावित जोखिम क्षेत्रलाई नियन्त्रणमा लिइएको छ । बुुधबार चार जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले पुष्टि गरेपछि त्यस टोलको चारैतर्फ जोखिम क्षेत्र मानेर सिल गरिएको नगरप्रमुख डा पौडेलले बताए ।

त्यसअघि सुरक्षा समितिका पदाधिकारीहरू बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, प्रहरी उपरीक्षक कृष्ण पङ्गेनी, इलाका प्रशासन कार्यालयका प्रमुख कृष्ण गैरे, जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा कृष्ण पौडेल, सिमराका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीसहित नेपाली सेना, सशस्त्र प्रहरी लगायतको टोलीले सो जोखिम क्षेत्रको अनुुगमन गरेको थियो ।

जितपुर बजारदेखि पूर्व अम्माडार तथा इनर्वासिरा क्षेत्रमा जिल्ला सुरक्षा समितिको टोलीले बुधबार स्थलगत निरीक्षण गरेको हो । बुधबार देखिएको चार जना सङ्क्रमितमध्ये दुई जना बारा र दुई जना वीरगञ्जका छन् । कोरोना पोजेटिभ देखिनेहरूमा बाराको जितपुरसिमरा उपमहानगरपालिका–११ इनर्वासिराका एक, सिम्रौनगढ नगरपालिका–४ हरिहरपुरका एक र वीरगञ्ज महानगरपालिका–२ मा दुई गरी चार जना रहेको बाराका प्रहरी उपरीक्षक पङ्गेनीले बताए ।
प्रहरी प्रशासनले सङ्क्रमित व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिहरूको खोजी कार्य सुरु गरेको प्रजिअ पण्डितले जानकारी दिनुभयो । सङ्क्रमित व्यक्तिहरू भारत दिल्लीको मर्कजमा सहभागी भएर फर्किएका थिए । सङ्क्रमित सबैलाई वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस