वैशाख १८, काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनद्धारा अनेरास्ववियूको नेताहरुले लकडाउनको समयमा समस्यामा परेको १२० विद्यार्थी नेताहरुलाई राहत वितरण गरेको छ । कोरोना भाइरस कोभिड–१९ को उच्च जोखिमसँगै सरकारद्धारा चैत ११ गतेदेखि जारी लकडाउनको कारण समस्यामा परेका काठमाडौंका विभिन्न ठाउँहरुमा रहेको विद्यार्थीहरुलाई राहत वितरण गरेको हो ।
उनीहरुले स्वयम्भू, बबरमहल, कीर्तिपुर, कालोपुल, रातोपुल, डिल्लिबजार, चुच्चेपाटी, बानेश्वरमा पुगेर राहत सामाग्री वितरण गरेको अनेरास्ववियूका नेता सुदेश पराजुली जानकारी दिए । नेता पराजुुलीसँगै राहत वितरण कार्यमा महेश श्रेष्ठ, अशोक थापा र मेघनाथ चापागाँईले सहभागी थिए । सरकारले चौथो पल्ट बैशाख २५ गतेसम्म लकडाउन बढाएसँगै विद्यार्थीहरु समस्यामा पर्दे गएका छन् । उनीहरु घर फर्कन पनि पाएका छैनन् ।