जहाजले क्षमताको आधा मात्रै यात्रु बोक्न पाउने, एयरलाइन्स आफैँ निर्देशिका बनाउँदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ बैशाख २१, आईतबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

वैशाख २१, काठमाण्डौ । प्राधिकरणको सरकारको स्वीकृति पाउनसाथ हवाई उडान खोल्ने जनाएपनि विभिन्न सर्त भने राख्ने भएको छ । पुरै सिट क्षमता अनुसार जहाज भरेर उडान गर्न नदिने, जहाज भित्र सामाजिक दूरी कायम गर्नुपर्ने, एसी चलाउन नदिने, हरेक उडानपछि जहाजलाई डिसइन्फेक्सन गराउनुपर्ने लगायत सर्त राखेर निर्देशिका बनाईने प्राधिकरण स्रोतले जनाएको छ । प्राधिकरण स्रोतका अनुसार नीजि क्षेत्रका हवाइ प्रदायक सेवा कम्पनीहरुले भने पूर्ण क्षमतामा उडान गर्न पाउनुपर्ने गरी निर्देशिका जारी गर्न प्राधिकरणलाई अनुरोध गरिरहेका छन् ।

एयरलाइन्स आफैँ निर्देशिका बनाउँदै
हवाइ उडान सूचारु गर्न माग गर्दै आन्तरिक उडान भर्ने हवाई सेवा प्रदायकहरुले दबाब दिँदै आएका छन् । नाकाहरुमा थप कडाई गर्दै आन्तरिक उडान सूचारु राख्दा जोखिम नहुने नीजि क्षेत्रका हवाई सेवा प्रदायकहरुको दाबी छ । निजी क्षेत्रको बुद्ध एयरले उडान निर्देशिका नै जारी गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस