बैशाख २७,काठमाडौँ । अमेरिकामा कोरोना संक्रमितको संख्या १२ लाख ८३ हजार ८ सय २९ पुगेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७७ हजार १ सय ७८ छ ।
अमेरिकी उपराष्ट्रपति माइक पेन्सको एक जना प्रमुख सहयोगीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार उपराष्ट्रपति माइक पेन्सको प्रेस सेक्रेटरी केटी मिलरमा कोरोना पोजेटिभ पाइएको हो ।
यसभन्दा ठीक एक दिन अगाडि राष्ट्रपति डोनाल्ड ट्रम्पको सहयोगीलाई पनि कोरोना पुष्टि भएको थियो ।
यससँगै ह्वाइट हाउसले अब दैनिक रुपमा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति माइक पेन्सको कोरोना परीक्षण सुरु गर्न थालेको छ ।