वैशाख २८, काठमाण्डौ । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेका छन् । कोरोना भाइरस कोभिड १९ नियन्त्रणको लागि ट्रम्पले लिएको नीतिको ओबामाले विरोध गरेका हुन् । उनले अहिले अमेरिकाले कोरोना भाइरसको नियन्त्रणको लागि गरेको प्रयास ‘अराजक संकट’ को जस्तो रहेको बताएका छन् ।
एक निजी कुराकानीको क्रममा ओबामाले आगामी नोभेम्बरमा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनमा जोन बाइडनको समर्थन गर्दै महत्वपूर्ण भूमिका निर्वाह गर्न चाहेको बताएका छन् । पूर्व कर्मचारीहरुलाई बाइडनको राष्ट्रपतीय निर्वाचन टोलीसँग काम गर्न प्रेरित गर्ने क्रममा ओबामाले यस्तो बताएका हुन् । ओबामाले दिएको अभिव्यक्तिको जवाफमा अमेरिकी राष्ट्रपतिको कार्यालयले भने ट्रम्पको कदम अभूतपूर्व रहेको र यसले धेरै अमेरिकी नागरिकहरुको ज्यान बचाएको दाबी गरेको छ । बिबिसि