तालिबान बिद्रोहीले गर्यो अफगानिस्तानमा तीन दिने युद्धविरामको घोषणा

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ जेष्ठ ११, आईतबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

जेठ ११, काठमाण्डौ । पछिल्ला हप्ताहरुमा तालिबान लडाकुले सरकारी सेनामाथिको आक्रमण बढाएका थिए । बिद्रोही संगठन तालिबानले अफगानिस्तानमा तीन दिने युद्धविरामको घोषणा गरेको छ । मुस्लिमहरुको महान पर्व इद अल–फित्रको अवसरमा तीन दिनका लागि युद्धविराम गर्ने सम्बन्धमा तालिबान अफागन सरकारसँग सहमतिमा पुगेको हो ।

आइतबारदेखि सो युद्धविराम लागु भएको छ । पछिल्ला हप्ताहरुमा तालिबान लडाकुले सरकारी सेनामाथिको आक्रमण बढाएका थिए । तर इदलाई लक्षित गरेकार अल्पकालीन युद्धविराम गरेका हुन् । अफगानिस्तानका राष्ट्रपति अश्रफ घानीले युद्धविरामको घोषणाको स्वागत गरेका छन् । आफ्ना सुरक्षाकर्मीले सहमतिका शर्तहरुको पालना गर्ने उनले बताएका छन् । तीन दिने युद्धविरामलाई दीर्घकालीन शान्ति वा लामो समयदेखि चल्दै आएको युद्ध अन्त्यको प्रस्थान विन्दुका रुपमा प्रयोग गर्न सकिने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस