धार्के–सितापाईला सडक : सितापाईलादेखि ठुलोखोला सडकखण्डमा कालोपत्रे सुरु

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७७ जेष्ठ २२, बिहिबार (४ साल अघि)
  • ७८ पटक पढिएको
Post Thumbnail

-अनलाईनकेन्द्र संवाददाता

जेठ २२, धादिङ । धार्के-सितापाईला सडक खण्डको काम अहिले धमाधम भईरहेको छ । धादिङको धुनिबेशी नगरपालिका ६ धार्के देखि केहि हप्ता अगाडी बाटै ग्रावेलको काम भईरहेको छ । धार्के देखि ठुलो खोलासम्म ठेक्कामा ग्रावेल हुँदै आएको सडक खण्ड काठमाण्डौपट्टि सितापाईला क्षेत्रमा धमाधम कालोपत्रे गर्ने काम सुरु भईरहेको छ । देशभर लकडाउनको अबस्थामा पनि सामाजिक दुरी कायम गर्दै निमार्णको कामलाई तिब्रता दिईएको सडक कालोपत्रेको अनुगमनमा समेत गएका प्रधानमन्त्रीका बिकास सल्लाहकार गजेन्द्र थपलियाले अनलाइन केन्द्रलाई बताए ।

लामो समय देखि निर्माण हुन नसकेको सितापाइला (धार्के धादिग) सडक काडमाडौं प्रवेश नाका नागढुंगाको वैकल्पिक राजमार्गले निर्माणको गति लिएको छ । निर्माणले गति लिएसँगै बुधबार थपलिया, बागमती प्रदेशसभा सदस्य केशव पोखरेल, नागर्जुन नगरपालिकाका प्रमुख मोहन बस्नेत र सडक डिभिजन काठमाडौं प्रमुख कुवेर नेपालीले अनुगमन समेत गरेका छन् । आगामी आर्थिक बर्ष २०७७/०७८ को लागी ठुलोखोला देखि धार्के सितापाईला सडकको लागी चितवन डिभिजनले हेर्नेगरी १५ करोड बजेट तर्जुमा भएको समेत थपलियाले बताएका छन् ।

थपलियाले भने– ‘सितापाईला खण्डमा पहिलो चरणमा करिव ५ किलोमिटर सडक कालोपत्रे गर्ने तयारी रहेको छ ।’ उनले थप भने–’लकडाउनकै बेलामा यो काम थालनी भएको छ । सुरुमा बिजुलीका पोलहरु हटाउने काम पनि यही लकडाउनकै बेलामा गर्‍यौँ अहिले सामाजिक दुरी कायम कायम गरेर काम भइरहेको छ । यहाँको जनता साहैँ खुसी भएको मैले पाए ।’ लामो समयदेखि गिजोलिएको यो सडक आयोजनामा पटकपटक काम रोकिदै आएपछि धार्के–सितापाईलाका नागरिक निराश थिए । अहिले सितापाइलाबाट कालोपत्रे सुरु र धार्के खण्डमा ग्राभेलको काम भएपछि नागरिकमा अव यो बाटो बन्छ भन्ने उत्साह छाएको छ । थपलयिाका अनुसार कामले गति लिए बजेटको कुनै समस्या नहुने विश्वास व्यक्त गरेका छन् ।

नौबिसे–नागढुङ्गा सडकको उत्तम बिकल्पको रुपमा रहेको अहिलेको तत्कालिन सडक हो धार्के– सितापाईला । नौबिसे–नागढुङ्गा सडकखण्डमा जव घण्टौ जाममा बस्नुपर्ने बाध्यता आउँछ तव यो धार्के–सितापाईला सडकखण्डको चर्चा उत्कर्षमा पुग्ने गरेको छ । धुनिबेशी नगरपालिकाको धार्केबाट सुरु भएको यो सडकखण्ड २५ किलोमिटरबाट भित्र पुगेपछि काठमाण्डौको नागार्जुन नगरपालिका तथा सितापाईला आउँछ । अहिले बाटो निकै स्तरोन्नति भएको छ । केहि दिन अगाडीबाट धार्के–सितापाईला सडकखण्डको ग्रावेल गर्ने कामको पनि सुरुवात भएको छ । संघिय राजधानी काठमाण्डौ प्रवेश गर्ने नौबिसे–नागढुङ्गा पछिको उत्तम बिकल्पको रुपमा रहेको धार्के–सितापाईला सडक जम्मा १३ किलोमिटर मात्र अहिले ग्रावेलको काम हुने दिब्य ज्योती कस्टक्सनका शिवराम भण्डारीले बताए ।

धार्के–सितापाइला सडक खण्डको महेशखोला पुल देखि ठूलोखोला सम्म १३ किलोमिटर सडकमा ग्राभेल हाल्न र रोलर लगाउने काम सुरु भएको उनको भनाई छ । नेपाल सरकारको १४ करोड बजेटबाट उक्त सडक खण्डमा ग्राभेल राखेर रोलर लगाउने काम थालिएको धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बताएका छन् । दिब्य ज्योती कन्ट्रक्सनबाट उक्त सडकमा ग्राभेल गर्ने, कच्ची नाला बनाउने र रोलर लगाएर थिच्ने काम भईरहेको समेत प्रमुख आचार्यले बताएका छन् ।

नौबिसे–नागढुङगा सडक खण्डभन्दा यो धार्के–सितापाईला बैकल्पीक राजमार्ग काठमाण्डौं प्रबेश गर्ने छोटो सडक भए पनि बिगतका वर्षहरुमा यस क्षेत्रका नागरिकले बर्षाको समयमा धेरै सास्ती पाउने गरेका थिए । अबको ग्रावेलपछिको अबस्थामा भने सडकमा बाह्रै महिना सवारी साधन सञ्चालन गर्न सकिने गरि काम भैरहेको निर्माण कम्पनीको दावी छ ।

धार्के सितापाईला सडक खण्डको बारेमा अनलाईन केन्द्रले निरन्तर फलोअप गर्दै आईरहेको छ । 

यो पनि हेर्नुहोस् :

नागढुङ्गा जामको बुटी बन्न सक्छ धार्के-सितापाईला सडक ! सरकारले काममा तिब्रता दिओस्

धार्के-सितापाईला सडकमा ग्राभेल गरिँदै,बाह्रै महिना सवारी सञ्चालन हुने

धार्के–सितापाईला सडक : नेता पाण्डेको अगुवाईमा बृहत छलफल, मेयर अचार्यले ठेकेदारको सात्तो लिए !

धार्के–सितापाईला सडक : ठेकेदार भन्छन–भुक्तानी पाएनौँ, नेता पाण्डे भन्छन–काम अघि बढाउनुस् भुक्तानी रोकिन्न

धार्के –सितापाईला सडकमा कालोपत्रे सुरु, असारसम्म सञ्चालनमाआउने दावी

 

ताजा अपडेट

खोजी गर्नुहोस