यार्सागुम्बा टिप्न पाउनुपर्ने माग

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ जेष्ठ ३१, शनिबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

जेठ ३१, दार्चुला । कोरोना सङ्क्रमणको जोखिम हुनसक्ने भन्दै यो वर्ष यार्सागुम्बा सङ्कलनमा रोक लगाएपछि हिमाली क्षेत्रका बासिन्दाले यार्सागुम्बा सङ्कलन गर्न पाएका छैनन् । दार्चुलाको अपिहिमाल गाउँपालिकाका स्थानीय प्रेमसिंह कार्कीले भने, “वर्षभरिको मुख्य आयस्रोत नै यहाँका बासिन्दाको यार्सा हो । त्यही टिप्न नपाएपछि यो वर्ष घरखर्च कसरी धान्ने भन्ने चिन्ता लागेको छ । छोराछोरी के गरी पढाउने अनि घरखर्च कसरी चलाउने ? उनले प्रश्न गर्दै भने ।
सिँचाइ सुविधा नहँुदा कृषि उत्पादन थोरै हुने हिमाली क्षेत्रका अधिकांश परिवार जडीबुटीमा आश्रित छन् । जेठ महिनामा सङ्कलन गरेको यार्सागुम्बा बेचेर वर्षभरिको खाद्यान्न जोहो गर्ने र ऋण तिर्ने स्थानीय यो वर्ष समस्यामा परेको स्थानीय योगेन्द्र धामीले बताए ।
दार्चुलाको अपिहिमाल, व्यास, मार्मा, नौगाड गाउँपालिकाका झन्डै १० हजार स्थानीय यार्सागुम्बा सङ्कलनमा जाने गरेका थिए । विगत वर्षहरूमा यो समय लालाबालासहित हिमाली क्षेत्रमा जाने स्थानीयवासी यो वर्ष घरमै बसेका छन् । शिक्षक, विद्यार्थीसमेत यार्सागुम्बा सङ्कलनका लागि हिमालतर्फ जाँदा गत वर्षसम्म जेठ महिनामा विद्यालय बन्द हुने गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस