जेठ ३१, काठमाण्डौ । सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउँदा तोकिएको चार्टर्ड उडानको भाडा घटाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशबाट उद्धार गरी ल्याउन केही दिनअघि तोकेको भाडा केही घटाएको हो ।
मन्त्रालयले बुधबार विदेशबाट उद्धार गर्न उडान तालिका तथा भाडा निर्धारण गरेको थियो । तर भाडा निर्धारण गरेपछि चौतर्फी आलोचना भएपछि सरकार पछि हटेको हो । समायोजित भाडादरमा केही गन्तव्यको भाडा कायमै राखिएको भने केही गन्तब्यको घटाइएको छ ।