ईतिहासकै उच्च बिन्दुमा सुनको मुल्य, कति पुग्यो आज ? हेर्नुहोस्

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ अषाढ ३, बुधबार (४ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

असार ३, काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य आज अहिले सम्मकै उच्च बिन्दुमा पुगेको छ । सुन आज प्रतितोला ८९ हजार ८०० रुपैंयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ८९ हजार ६ सय रुपैंयाँमा कारोबार भएको थियो । गतहप्ता विहिबार र शुक्रबार पनि यहि मूल्यमा कारोबार भएको थियो । सोमबार प्रतितोला १०० रुपैयाँ बढ्दै सुन ८९ हजार ७०० रुपैंयाँमा कारोबार भएको थियो । आज पुनः १०० रुपैयाँ बढ्दै ८९ हजार ८०० मा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत बुधबार ८८ हजार ६ सय रुपैंयाँ कायम भएको सुन विहिबार १ हजारले बढेको थियो । चाँदीको मूल्य आज ५ रुपैयाँले वढेर प्रतितोला ९३० मा कारोबार भइरहेको छ । लकडाउनको ७६ दिन पछि जेठ २५ गते खुलेको सुनचाँदी बजारमा पहिलो दिन मूल्य ८७ हजार ४०० कायम गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस