वैदेशिक रोजगारीका क्रममा विदेशमा अलपत्र परेकालाई निःशुल्क उद्धार गर्ने कार्यविधि बनाईदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ अषाढ ६, शनिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार ६, काठमाडौँ । सरकारले वैदेशिक रोजगारीका क्रममा विदेशमा अलपत्र परेर पनि खर्चको अभावले स्वदेश फर्किन नसक्ने अवस्थामा रहेका नेपाली श्रमिकलाई स्वदेश फर्काउन कार्यविधि बनाउने तयारी गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति लिएर गएका तर कोरोनाका कारण रोजगारी गुमाएर बेचर्खी भएका नेपाली श्रमिकलाई उद्धार गर्न कार्यविधि बनाउन थालेको हो ।

सर्वोच्च अदालतले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका, करार अवधि नपुगी फर्किन बाध्य भएका, गन्तव्य मुलुक वा रोजगारदाताबाट टिकट प्राप्त गर्न सक्ने अवस्थामा रहेका व्यक्तिमध्येबाट पनि पैसाकै अभावले स्वदेश फर्किन नसक्नेलाई वैदेशिक रोजगार कल्याणकारी कोषबाट फर्काउन आदेश दिएपछि मन्त्रालयले कार्यविधि बताउन तयारी गरेको हो । यसअघि सरकारले विदेशमा अलपत्र परेका श्रमिकलाई हवाई भाडा तिराएर चार्टर्ड उडानमार्फत स्वदेश फर्काउने निर्णयबमोजिम श्रमिक स्वदेश ल्याउने कार्य भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस