शेयर बजार आइतबारदेखि खुल्न सक्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ अषाढ ८, सोमबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार ८, काठमाडौं । करिब ३ महिनादेखि बन्द रहेको नेपाली शेयर बजार खुल्ने कि बन्द नै राख्ने भन्ने बिषयमा अध्ययन गर्न बिशेष समिति गठन गरिने भएको छ । आइतबार बसेको नियामक निकाय नेपाल धितोपत्र बोर्डको बैठकले यस्तो निर्णय गरेको हो ।

अब उक्त समितिले पेश गर्ने प्रतिवेदनको आधारमा नै शेयर बजार बन्द नै गर्ने कि कारोबार खुल्ला गर्ने भन्ने बिषयमा निर्णय गरिने बोर्डको भनाइ छ । उक्त समितिमा कमिटीमा नेपाल स्टक एक्सचेन्ज नेप्से, नेपाल स्टक ब्रोकर एसोसिएसन र लगानीकर्ता लगायतका प्रतिनिधिहरु हुनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस