असार ८, काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण समस्यामा परेका ठमेलमा व्यवसायीलाई ५० प्रतिशत घर भाडा छुट दिन घरधनी तयार भएका छन् । कोभिड–१९ महामारीका कारण सङ्कटमा परेका ठमेल क्षेत्रका पर्यटन व्यवसायी र घरधनीहरूबीच करिब एक वर्षसम्म ५० प्रतिशत घर भाडा छुट दिन तयार भएका हुन् ।
आइतबार ठमेल पर्यटन विकास परिषद्मा परिषद्का उपाध्यक्ष तथा उपाध्यक्ष एवं घर भाडा समायोजन समितिका संयोजक भविश्वर शर्माले १ वर्षका लागि ५० प्रतिशतसम्म छुट हुने गरी अनुरोध पठाएको बताएका छन् । सबै घरधनीसँग संघसंस्थाले सम्झौता गर्न व्यवहारिक नभएकोले ११ वटा संस्थाको सामूहिक निर्णयका आधारमा सबै व्यवसायीले घरधनीसँग समझदारी गर्ने भएका छन् ।