आकासिँदै अण्डाको भाउ, कति पुग्यो ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ अषाढ १०, बुधबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असार १०, काठमाडौँ । कोभिड–१९ कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीको अवधिमा अण्डाको मूल्य तीनपटक वृद्धि भएको छ । अण्डा उत्पादक सङ्घले बुधबार मात्र प्रतिक्यारेट २० रुपियाँको दरले अण्डाको मूल्य वृद्धि गरेको छ । यसअघि २८५ रुपियाँमा किसानको फर्मबाट बिक्री हुने अण्डा अहिले ३०५ रुपियाँ पु¥याएको छ । त्यही अण्डा उपभोक्ताको भन्सासम्म पुग्दा क्यारेटको ३५०–३६० रुपियाँ पुग्ने सङ्घका अध्यक्ष शिवराम केसीले बताए ।

अहिले कुखुरा उत्पादन कम भएको कारणले अण्डा उत्पादन कमी आएको छ । पछिल्लो समय बन्दाबन्दी खुकुलो भएपछि अण्डाको मागमा पनि वृद्धि भएको हुनाले यो मूल्य वृद्धि भएको उनले बताए । उत्पादन कम र माग बढी भएको कारण मूल्य वृद्धि भएको सङ्घका महासचिव प्रवीण केसीले बताए । किसानलाई एउटा अण्डा उत्पादन लागत खर्च ११ रुपियाँ ५३ पैसा पर्छ तर उसले १० रुपियाँ ३७ पैसा मात्र पाउने गरेको उनले दाबी गरे । उनले भने, अहिले पनि किसानले एक रुपियाँ ३७ पैसा घाटामा अण्डा बेचिरहेका छन् । ’ बन्दाबन्दी सुरु हुने बित्तिकै दानाको समस्या भयो । दानाको समस्या हुने बित्तिकै कुखुरामा असर प¥यो । त्यसले अण्डा उत्पादनमा समेत असर पारेको कारण अहिले अण्डा उत्पादन कम भएको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस