सेयर बजार खोल्ने विषयमा आज सर्वोच्चमा बहस हुँदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ अषाढ ११, बिहिबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असार ११, काठमाडौं । सेयर बजार खोल्न माग गर्दै अधिवक्ताद्वय रपिस पोख्रेल र हरिप्रसाद दाहालले दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ । न्यायधीशहरू आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको संयुक्त इजलासमा पेसी चढेको उक्त मुद्दामा आज सुनुवाइ हुन लागेको हो । लकडाउनपछि बन्द रहेको बजार खोल्न माग गर्दै अधिवक्ता पोखरेल र दाहालले जेठ २९ गते सर्वोच्चमा रिट दायर गरेको थिए ।

उक्त रिटमाथि सुनुवाइ गर्दै जेठ ३२ गते न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले कारण देखाऊ आदेश जारी गर्दै विपक्षीलाई बोलाएको थियो । उक्त आदेशमा विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ दिन भनिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस